दफा ३२५
गुठी सञ्चालकको अयोग्यता
देहायको व्यक्ति गुठी सञ्चालक हुन योग्य हुने छैन :–
(क) करार गर्न अयोग्य भएको,
(ख) आफ्नो जिम्मामा रहेको सम्पत्ति हिनामिना गरेको,
(ग) भ्रष्टाचारको कसूरमा अदालतबाट दोषी ठहरिएको,
(घ) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको,
(ङ) गुठी सञ्चालन भएको सम्पत्तिको आफू मात्र हितग्राही भएको ।